फाइल तस्वीर: संसदीय सुनुवाई समिति ।
काठमाडौँ, असोज ३ गते । सङ्घीय ससद्अन्तर्गत रहेको संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूतको सार्वजनिक सुनाइका लागि उजुरीको लागि आह्वान गरेको छ । समितिकी सभापति न्यौपानेले सुनुवाईका लागि उहाँहरुको बारेमा उजुरी आह्वान गर्ने सम्बन्धी प्रस्ताव पेश गर्नुभएको र बैठकले सो प्रस्ताव पारित गरेसँग उजुरी सम्बन्धी सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिनुभएपछि सूचना सार्वजनिक भएको हो ।

आज बिहीबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीशका प्रकाशमानसिंह राउतका साथै अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव सेवा लम्साल उपर सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो । सुनुवाई सम्पन्न भइसकेका १७ देशका लागि प्रस्ताव गरिएका राजदूतहरूको सुनुवाई अघिल्लो हप्ता नै सकिएकोले सो सम्बन्धमा समितिले आज निर्णय गर्ने बताइएको छ ।