काठमाडौँ, असोज २ गते । सङ्घीय संसदको प्रतिनिधिसभाअन्तर्गत रहेका दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । आज अर्थ समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । सो बैठकमा समितिको आन्तरिक छलफल हुने बताइएको छ ।
त्यसैगरी आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था (वित्तीय र भौतिक), प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुनेछ ।