फाइल तस्वीर
काठमाडौँ, असोज १ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पार्टीको पहिलो पटक राष्ट्रिय भेला गर्दैछ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज मङ्गबार बिहान ९ बजेदेखि पहिलो राष्ट्रिय भेला सुरु हुन लागेको हो ।

आज र भोलिगरी दुई दिनसम्म हुने राष्ट्रियभेलामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेभएको छ ।

आजदेखि सुरुहुने भेलामा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुखले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुने कार्यवाहक प्रवक्ता मनिषा झाले जानकारी गराउनुभयो ।

कार्यवाहक प्रवक्ता झाका अनुसार भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने छ । भेलामा सहभागी हुन देशभरबाट एक हजार पाँसजनाभन्दा बढी प्रतिनिधि काठमाडौँ आइसकेको पार्टीले जनाएको छ ।