फाइल तस्वीर
काठमाडौँ, भदौ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा सङ्घीय संसदको चालु अधिवेशन रातिदेखि अन्त्य गर्नुभएको छ । मन्त्रीपरिषदको हिजो आइतबार बसेको बैठकले आज सोमबार मध्यरातदेखि सङ्घीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेअनुरुप राष्ट्रपतिले अन्त्य गर्नुभएको हो ।


राष्ट्रपतिको कार्यालयले एक बिज्ञप्ति जारी गर्दे नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८१ भदौ ३० गतेको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौ ३१ गते सोमवार राती १२: ०० बजेदेखि अन्त्य गर्नुभएको जनाएको छ ।