प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओली
काठमाडौँ, भदौ ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सोमबार बसेको जारी बैठकलाई सम्बोध गर्दै उक्त कुराको जानकारी गराउनुभएको हो ।

महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सदनमा अहिले पनि सम्बोधन गरिरहनुभएको छ ।