काठमाडौँ, भदौ ३१ गते । प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठक प्रारम्भ भएको छ । केहीबेर अघिबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

यसअघि आइतबार माओवादी केन्द्रका सांसदहरुको विरोधका कारण संसद बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद चल्न दिने भएपछि प्रधानमन्त्रीले बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो ।
त्यस्तै, आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने छ ।

यसैगरी, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्री ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुहुने छ ।