फाइल तस्वीरः संसदीय सुनुवाई समितिको बैठक
काठमाडौँ, भदौ ३१ गते । सरकारले सत्र देशका लागि प्रस्तावत गरेका राजदूतहरुबारे निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक असोज पहिलो साता बस्ने भएको छ । समितिको बैठक असोज २ गते ११ बजे सिंहदरबारमा बस्ने तय भएको हो ।

प्रस्तावित १७ जना राजदूतको सुनुवाइ सकिसकेको छ । हिजो आइतबार समितिको बैठक बसेर प्रस्तावित राजदूतहरुको विषयमा निर्णय गर्न बैठक बोलाइएको थियो । तर, अन्तिम समयमा आएर उक्त सुनुवाई समितिको बैठक स्थगित भएकोले त्यस सम्बन्धमा निर्णय हुन सकेन ।