फाइल तस्वीर
काठमाडौँ, भदौ ३१ गते ।
राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित हुनुभएको छ । आज सोमबार बसेको दुवै समितिको बैठकले सभापति निर्वाचित गरेको हो ।


राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेका सांसद तुलसा दाहाल निर्वाचित हुनुभएको छ ।