फाइल तस्वीर
काठमाडौँ, भदौ ३१ गते । सहकारीको रकम अपचलनमा पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोषी ठहरिनुभएको छ । सहकारीमा बचत भएको सर्वसाधारण नागरिकका रकम हिनामिना भएको विषयमा अध्ययन गर्न गठितसंसदीय छानविन विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो ।

उक्त समितिले रास्वपाका सभापति लामिछाने दोषी ठहरभएको भन्दै कारवाहीका लागि सिफारिससमेत गरेको बताइएको छ । गोर्खा मिडियामा जीवी राईले सरकारीबाट रकम ल्याएर लगानी गरेको र उक्त संस्थामा रास्वपाका सभापति लामिछाने प्रवन्ध निर्देशक रहनुभएकोले उक्त मिडियामा पुँजी लगानी गर्दा उहाँको समेत संलग्नता पुष्ठी भएको अनुसन्धानबाट खुलेको समितिले जनाएको छ । उक्त प्रकरणमा मुछिएका जीवी राई हालसम्म फरार रहेका छन् ।

पूर्वउपप्रधानमन्त्री लामिछानेको संलग्ता पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा नाम जोडिएको समितिले जनाएको छ । सरकारीको रकम अपचलनमा सिधा संलग्नता भएको कागजातहरु फेला नपरेता पनि गोर्खा मिडियाको तात्कालिन प्रवन्ध निर्देशक भएको कारण रास्वपा सभापति लामिछानेलाई समितिले दोषी ठहर गरेको छ । समितिले सोही आधारमा पूर्वगृहमन्त्री लामिछानेलाई कानुनी कारवाहीका लागि सिफारिससमेत गर्ने भएको छ ।

प्रतिनिधिसभाको बैठकले गत जेठ १५ गते एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय संसदीय छानविन विशेष समिति गठन भएको थियो । उक्त समितिमा एमालेबाट सरिता भुसाल, नेपाली काग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ ।

उक्त छानविन समितिले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन पेश गर्ने बताइएको छ । प्रतिनिधिसभाको आज सोमबार बस्ने बैठक बस्ने भनिएता पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बैठक सुचारु हुने नहुनेमा अन्योलता कायमै छ । यद्यपि, हिजो आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले आज सोमबार मध्यरातबाट चालु बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सम्भवत आजदेखि सङ्घीय संसदको चौंथो अधिवेशन (बजेट अधिवेशन) अन्त्य हुँदैछ ।