फाइल तस्वीर
काठमाडौँ, भदौ ३१ गते । राष्ट्रियसभाका अन्तर्गतका दुई वटा संसदीय समितिहरुको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकाको बैठक बस्ने भएको हो ।

दुवै समितिको बैठक अहिले ११ बजे बस्दैछन् । विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचन आज हुँदैछ । सभापतिका लागि नेकपा एमाले र एकीकृत समाजवादीका उम्मेदवारले उम्मेदवारी दिएका छन् । एमालेबाट तुलसाकुमारी दाहाल र एकीकृत समाजवादीबाट जयन्तीदेवी राईले उम्मेदवारी दिनुभएको छ । सत्ता गठबन्धन बलियो भएकाले उक्त समितिमा एमालेकी उम्मेदवार दाहाल निर्वाचित हुने निश्चित प्रायःछ ।

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पनि सभापति पदको लागि निर्वाचन हुँदैछ । उक्त समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का मायाप्रसाद शर्माको मात्रै उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेकाले माओवादी केन्द्रका उम्मेदवार शर्मा निर्विरोध चयन हुनुहुने निश्चित छ ।