फाइल तस्वीरः संवैधानिक परिषद्को बैठक ।
काठमाडौँ, भदौ ३१ गते । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । संवैधानिक परिषद्को बैठक आज सोमबार साँझ ५ बजे बस्ने तय भएको हो ।

आज बस्ने संवैधानिक परिषद्कोले सर्वोच्च अदालतमा रिक्त हुन लागेको प्रधानन्यायाधीशमा नयाँ नियुक्तिको सिफारिस गर्ने मुख्य एजेण्ड रहेको छ । वर्तमान प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ उमेरहदका कारण आगामी असोज २० गतेदेखि सेवानिवृत्त हुनुहुने भएकोले सर्वोच्चको प्रधानन्यायाधीश लागि नाम सिफारिस गर्न बैठक बस्न लागेको हो ।

सोही विषयमा २८ गते शुक्रबार संवैधानिक परिषदको बैठक बसेको थियो । तर उक्त बैठकले सो सम्बन्धमा कुनै निर्णय नगरी छलफलमा मात्रै केन्द्रीय भएको थियो ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख रहने संवैधानिक व्यवस्था छ । साथै उक्त बैठकमा कानुन मन्त्रीलाई पनि आमन्त्रण गरिने गरिएको छ ।