फाइल तस्वीरः एमालेका उपमहासचिव प्रदीप ज्ञवाली ।
कैलाली, भदौ ३० गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको दावी गर्नुभएको छ ।

एमाले केन्द्रीय स्कुल विभागद्वारा आज धनगढीमा आयोजित तीनदिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले दुई दलको सरकार बनेपछि देशमा परिर्वनको थालनी बताउनुभएको बताउनुभयो । 

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले जनचाहनाअनुसार काम गर्दै गएकाले जनतामा सरकारप्रति आत्मविश्वास बढ्दै गएको बताउनुभयो । 

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै उहाँले त्यसका लागि सम्पूर्ण पार्टी शक्ति एकढिक्का भएर सङ्गठन निर्माणमा जुटेको बताउनुभयो ।  
उपमहासचिव ज्ञवालीले एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीका कार्यक्रममा सहभागी भएर क्रियाशील बन्न आग्रह गर्नुभयो । उहाँलाई आफूले दशाँै महाधिवेशनमा उपाध्यक्षमा दोहोरिन आग्रह गर्दागर्दै पनि नमानेर अध्यक्षको उम्मेदवार बनेको बताउनुभयो ।

उहाँले गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा एमालेको जोड रहेको उल्लेख गर्नुभयो । विश्वविद्यालयको विधेयक संसद्मा अड्किएको बताउँदै उहाँले त्यसको निचोड चाँडै निस्किने विश्वास व्यक्त गर्नुभयो । 

केन्द्रीय स्कुल विभागद्वारा आज धनगढीमा आयोजना गरेको प्रशिक्षण ६४ जना सहभागी हुनुहुन्छ ।