काठमाडौँ, भदौ ३० गते । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा एक घण्टा पर सरेको छ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच “हिंसा’’ शब्दले उत्पन्न गरेको विवाद समाधान गर्न सभामुख देवराज घिमिरेले डाक्नुभएको बैठकमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक पर धकेलिएको हो ।


बैठकमा राष्ट्रिय दलका सचेतक र प्रमुख सचेतकसँगको छलफल निष्कर्षविहीन भएपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक १ घण्टाका लागि सारिएको जानकारी गराउनुभएको छ ।


नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सिंहदरबारको बैठकका बारेमा पार्टीमा छलफल गरेर जानकारी गराउने भनेपछि प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको हो । यसअघि आजको बैठक १ बजेका लागि बोलाइएको थियो ।