साङ्केतिक तस्वीर
काठमाडौँ, भदौ ३० गते । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । गएराति १२ः०८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।