फाइल तस्वीर
काठमाडौँ, भदौ २९ गते । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक आज शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभए अनुसार बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल हुनेछ । बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर आवश्यक छलफल गर्ने पनि पार्टीको तयारी छ ।

यसैगरी बैठकमा राष्ट्रिय भेलामा प्रस्तुत गरिने विषयहरुका साथै भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीले जानकारी गराउने बताइएको छ । आगामी असोज १ र २ गते काठमाडौँमा हुने राष्ट्रिय भेलाको तयारीका सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।