काठमाडौँ, भदौ २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकलाई सम्मान गर्नुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेमा वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्न्तर्गत डा रीता गुरूङ, डा शान्तकुमारी सापकोटा, डा हीरा तुलाधर, डा गीता सायमी र डा कल्पना सुवेदी उपाध्याय हुनुहुन्छ । वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा सुनिता आचार्य, डा सुधा खकुरेल, डा विमला लाखे, डा मालती त्रिपाठी र डा अम्बिका श्रेष्ठ हुनुहुन्छ । उहाँहरूलाई राष्ट्रपति पौडेलले दोसल्ला एवं सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । 

सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।