फाइल तस्वीर ।
काठमाडौँ, भदौ २८ गते ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघिमात्रै बैठक सुरु भएको हो ।

सचिवालयको जारी बैठकमा पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुँदैछ । अघिल्लो साता बसेको पार्टीको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । उक्त बैठकले दिएको सुझावहरूलाई समेटेर पार्टीले आगामी कार्ययोजनाको अन्तिम टुङ्गो लगाउने भएकोे छ । एमालेले आगामी निर्वाचनलाई लक्षित गरी वार्षिक कार्यक्रम बनाउँदै छ ।