फाइल तस्वीर
काठमाडौँ, भदौ २८ गते ।
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगरसहित तीन जनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले आफ्नो पार्टीकी महिला नेतृ रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा सवारी दुर्घटनामा परी निधन भएको खबरले स्तब्ध भएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले मृतक तीनैजनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।