काठमाडौँ, भदौ २८ गते । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले आज एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

निगमले जारी गरेको सूचनामा खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रूपमा पूर्ति गरिने भएकोले इच्छुक योग्य नेपाली नागरिकले अनलाइनमार्फत २१ दिनभित्र आवेदन दिन सक्ने उल्लेख छ ।

दोब्बर दस्तुर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेस गर्न सकिने निगमले जनाएको छ ।

222