फाइल तस्वीरः एमाले सचिवालय बैठक ।
काठमाडौँ, भदौ २८ गते ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दै छ। ललितपुरको बालकुमारीस्थित च्यासलमा रहेको पार्टी मुख्यालयमा दिउँसो साढे १२ बजेका लागि सचिवालय बैठक राखिएको हो ।

एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बताउनुभए अनुसार सचिवालय बैठकले पार्टीको आागामी एक वर्षे कार्ययोजना पारित गर्नेछ ।

एमालेको भदौ १८ र १९ गते लगातार दुई दिन बसेको पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो । एमालेले आगामी निर्वाचनलाई लक्षित गरी कार्याक्रम तय गरेको छ । एमालेले केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरुलाई जनताको घरदैलोमा पठाउने गरी नेता र कार्यकर्ताहरुलाई परिचालन गर्ने भएको छ ।