फाइल तस्वीर
काठमाडौँ, भदौ २८ गते ।
सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र अन्य केही मन्त्रालयका सहसचिवहरुको सरुवा गरेको छ । हिजो बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटी र अन्य सहसचिवहरुलाई सरुवा गर्ने निर्णय गरेको हो ।

सचिव बुर्लाकोटीलाई केन्द्रीय तथ्याङ्क कार्यालयमा सरुवा गरिएको छ भने सो स्थानमा सचिव ज्ञानेन्द्र कार्कीलाई ल्याइएको छ । मन्त्रिपरिषद्को बैठकले ५१ जना सहसचिवहरूलाई सरुवा गर्ने निर्णय गरेको छ ।