फाइल तस्वीर
काठमाडौँ, भदौ २७ गते । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको राष्ट्रिय भेला निर्धारित मितिभन्दा दुई दिन अगाडि सारेको छ ।

आज बिहीबार बालाजुस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले स्थानका कारण राष्ट्रियभेलालाई दुई दिन अगाडि सार्नुपरेको जानकारी गराउनुभएको हो ।

पार्टी केन्द्रीय समितिको बैठकले आगामी असोज ३ र ४ गतेका लागि तय गरेको राष्ट्रियभेला अब असोज १ गते मङ्गलबार र २ गते बुधबार गर्ने भएको छ । काठमाडौँमा नै भेलामा देशभरबाट एक हजार पाँच सय प्रतिनिधिहरुको सहभागिता हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

रास्वपाले आगामी नयाँ सालको पहिलो महिना अर्थात् बैशाखमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । तर बैशाख कति गते गर्ने भनेर निश्चित मिति भने पछि तोक्ने जनाएको छ ।