फाइल तस्वीर
काठमाडौँ, भदौ २७ गते । सरकारले भारत, चीन, अमेरिका लगायत विभिन्न १७ देशका लागि प्रस्ताव गरेको राजदूतहरुको बारेमा संसदीय सुनुवाई समितिले आउँदो आइतबार निर्णय गर्नेभएको छ । आज आइतबार अन्तिम सुनुवाई सकेकोले सो सम्बन्धमा आइतबार निर्णय गर्नेभएको हो ।

समितिले आज बिहीबार अमेरिका, स्पेनसहित चार देशका प्रस्तावित राजदूतहरुको सुनुवाई गरेपछि प्रस्तावित सबै राजदूतको सुनुवाई सकेको छ । प्रस्तावित राजदूतहरुको सुनुवाई सकिएकोले आगामी आइतबार ३० गते सो सम्बन्धमा निर्णय लिने भएको छ । सोका लागि समितिले उक्त दिन बिहान ९ बजेका लागि बैठक राखेको छ ।