फाइल तस्वीर
काठमाडौँ, भदौ २७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको बारेमा सदनलाई जानकारी गराउन प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नेहुनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली आगामी असोज ४ गते अमेरिकाको न्यूयोर्कका लागि प्रस्थान गर्नुहुने छ । प्रधानमन्त्री ओली ६ या ७ गते न्यूयोर्कमा हुने महासभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको यो कार्यकालको पहिलो विदेश भ्रमण हुनेछ । प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री आरजु राणा देउवासहितको टोली जानेछ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय भइसकेको छ ।