फाइल तस्वीर
काठमाडौँ, भदौ २७ गते ।
मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।


आजको बैठकमा मन्त्रालयका केही सहसचिवहरुको सरुवा गर्ने सरकारले तयारी गरेको बताइन्छ । मन्त्रिपरिषद्को आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा पनि निर्णय हुने स्रोतले बताएको छ ।

विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरुको सरुवाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूची समेत तयार गरेको छ । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकमा सहसचिवहरुको सरुवा प्रस्ताव पेशगरी निर्णय हुने बताइएको छ ।