फाइल तस्वीर ।
काठमाडौं, भदौ २७ गते । सङघीय संसद्अन्तर्गत रहेका विभिन्न चार समितिहरुको बैठक आज बस्दै छ । संसद् सचिवालयले जनाएअनुसार आज बिहीार संसदीय सुनुवाइ समिति (संयुक्त), राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति गरी चार वटा समितिहरुको बैठक बस्ने भएको हो ।

आज बिहीबार बिहान ११ बजे संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्दैछ । आज बस्ने बैठकमा विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाई गर्ने कार्यसूची छ । आजको छलफल पश्च्यात् प्रस्तावित राजदूतहरूलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यसैगरी बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । उक्त बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ ।

आज दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । यस समितिको बैठकमा ार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।