फाइल तस्वीर
काठमाडौँ, भदौ २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपहन्न सिंहदरबारमा बस्नेगरि बैठक आह्वान गर्नुभएको हो ।

नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । त्यसैगरी प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ ।

नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको बताइएको छ । न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो । उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो ।