फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ, भदौ २६ गते ।
प्रतिनिधिसभा चौंथो अधिवेशनको ५५ बैठक आज बस्दै छ । बैठक देशको राजधानी काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बुधबार दिउँसो १ बजे बस्ने भएको हो ।

आजको बैठक प्रारम्भ हुने वित्तिकै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन” सदनमा पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तथा “विधायन सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

45454