फाइल तस्वीर
काठमाडौँ, भदौ २५ गते । नेपाली काङ्ग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद् गुरुङले आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानविन गर्न माग गर्नुभएको हो ।

सत्तासाझेदार दल नेपाली काङ्ग्रेसका उपसभापति समेत रहनुभएका सांसद् गुरुङले आपसहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानविन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो ।

सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै सांसद् गुरुङले शीघ्र छानविन गरेर टुङ्ग्याइनुपर्ने बताउनुभयो । साथै उहाँले छानविनमा सघाउने बताउनुभयो ।