काठमाडौँ, भदौ २५ गते । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक आज मङ्गलबार दिउँसो सवा १ बजे बस्ने भएको हो । संसद् सचिवालयका अनुसार आजको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्नुहुने कार्यसूची रहेकोे छ ।

यसैगरी, आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।