फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ, भदौ २५ गते । प्रतिनिधिसभाको चौंथो अधिवेशनको ५४ औ बैठक आज मङ्गलबार बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

यसैगरी बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयद्वारा कार्यसूचीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्नुहुने छ ।

3545