काठमाडौँ, भदौ २४ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरुभएको छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज सोमबार दिउँसो १ बजेबाट प्रारम्भ भएको हो ।

आजको प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेश गर्नुहुने छ ।

यसैगरी, आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक– २०८० माथी छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । साथै शिक्षामन्त्री भट्टराईले नै नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।