फाइल तस्वीरः श्री एयरलाइन्स ।
काठमाडौँ, भदौ २४ गते । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान केही मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । आज सोमबार बिहान ७ बजे कर्णाली प्रदेशको राजधानी सुर्खेतका लागि उडेका श्री एयरको विमान गन्तब्यका लागि यात्रा तय गरेको आठ मिनेट पुग्दानपुग्दै पुनः त्रिभुवन विमानस्थलमै फर्काइएको हो ।

प्राविधिक समस्या देखिएपछि विमानलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानको चक्काको स्टेयरिङ लक भएपछि जहाजलाई काठमाडौँ फर्काइएको भनिएको छ ।