फाइल तस्वीरः संसद सचिवालय ।
काठमाडौँ, भदौ २४ गते । सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको ३७ औँ बैठक बस्दैछ । संसद सचिवालयद्वारा सूचना अनुसार आज सोमबार बिहान ११:०० बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बस्ने तय भएको हो ।


संसद सचिवालयले उक्त समितिका सबै सदस्य सांसदहरुलाई उपस्थितिका लागि अनुरोध छ । आजको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ ।