फाइल तस्वीर
काठमाडौँ, भदौ २३ गते ।
प्रतिनिधिसभा अन्तर्गतरहेको अर्थ समितिको बैठक बस्दै छ । समितिको बैठक आज आइतबार बिहान ११ बजे सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने तय भएको हो ।

आजको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अर्थ समितिको बैठक बाहेक अन्य समितिहरुको बैठक बस्ने कार्यतालिक नभएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भोलि सोमबार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।