तस्वीरमा गृह सचिव गोकर्णमणि दुवाडी
काठमाडौँ, भदौ २१ गते । सरकारले गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी लानेभएको छ । हिजो बिहीबार साँझ सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सचिव दुवाडीलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत सचिव दुवाडी त्यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । सचिव दुवाडीलाई एक महिना अघि (साउन १३ गते) मात्रै तथ्याङ्क कार्यालयमा सरुवा गरेको थियो ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवमा बढुवा गरेपछि गृह मन्त्रालयमा सचिव पद रिक्त रहँदै आएको थियो । गृह मन्त्रालय जान विभिन्न सचिवहरुले लविङ गरेता पनि अन्ततः गृहको जिम्मेवारी दुवाडीको काँधमा पुगेको छ ।