फाइल तस्वीर
काठमाडौँ, भदौ २१ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली आगामी असोज ४ गते शुक्रबार अमेरिकाको न्यूयोर्क जानुहुने भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ जाने हुनुभएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ । नेपालले राष्ट्रसङ्घको वडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अङ्ग मान्दै आएको छ । विश्व शान्तिका लागि नेपालले राष्ट्रसङ्घको छातामुनी रही महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा समेत जानुहुने बताइएको छ ।