फाइल तस्वीरकाठमाडौँ भदौ १८ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको पोलिटब्युरो कमिटीको बैठक सुरुभएको छ । ललितपुरको च्यासलस्थित मुख्यालयमा पोलिटब्यूरो सुरुभएको हो ।

आगामी निर्वाचनलाई लक्षित गरी केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरुलाई कार्यविभाजन गरी परिचालन गर्ने विषयमा अन्तिम टुङ्गोलगाउन पोलिटब्युको बैठक बसेको हो । आजको पोलिटब्यूरो बैठक पार्टीको प्रदेश कमिटीका अध्यक्षहरुलाई बोलाएको छैन । यसअघि प्रदेश कमिटीका अध्यक्षहरुलाई पोलिटब्यूरोको पदेन सदस्यका रुपमा बोलाउने गरेको थियो ।