अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक
काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सुरुभएको छ । आज मङ्गलबार बसेको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पञ्चेश्वर परियोजनाको डीपीआरका विषयमा समितिका सदस्य सांसदहरुले प्रश्न गर्दै पञ्चेश्वरको डीपीआर कहिले तयार हुन्छ ? भनि प्रश्न गर्नुभएको थियो ।

बैठकमा समितिका सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जवराले पञ्चेश्वर बहुमुखी योजनाबारे चासो राख्दै परराष्ट्रमन्त्री देउवालाई पञ्चेश्वर परियोजना कहिलेबाट कहिले सुरु हुन्छ भनेर प्रश्न गर्नुभएको थियो ।

बैठकमा हाल भारत भ्रमण गर्नुभएकी परराष्ट्रमन्त्री देउवासँग भारतसँगको सम्बन्ध सुधारका लागि के कस्ता छलफल र कुराकानीहरु भए, भ्रमणमा भएका कामकाबारे बैठकलाई जानकारी गराउन राप्रपाका सांसद राणाले आग्रह गर्नुभएको थियो ।

सांसद राणाको प्रश्नको जवफा दिंदै काङ्ग्रेसका सांसद विमलेन्द्र निधिले परराष्ट्रमन्त्री देउवाको भारत भ्रमणले नेपालको गरिमा बढाएको भन्नुहुँदै परराष्ट्रमन्त्रीको भ्रमण व्यक्तिगत मात्र नभई नेपालको गरिमाको रूपमा लिनुपर्ने बताउनुभएको थियो ।

परराष्ट्रमन्त्री देउवाको भारत भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको महत्त्व रहेको र यो ‘भेट सन्देशमूलक रहेको उल्लेख गर्दै निधिले नेपाल र भारतबीचको शङ्का उपशङ्का र कथा आइरहँदा परराष्ट्रमन्त्री देउवाको भेटले शङ्का निवारण गरेको दावीसमेत गर्नुभयो ।