काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक सुरु भएको छ । आज बिहान ११ बजेबाट सिंहदरबारमा सुरु भएको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल जारी छ ।

यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि सुरु भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण सम्बन्धमा आफ्नो भारत भ्रमणका साथसाथै राजदूत नियुक्तिका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिनुभएको छ ।

बैठकमा सांसदहरुले राजदूत नियुक्ति विवादरहित हुन नसकेको भन्दै प्रश्न उठाएका थिए । सो क्रममा राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।