फाइल तस्वीर
काठमाडौँ, भदौ १८ गते । सङ्घीय संसद्अन्तर्गतका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, संसदीय सुनुवाइ समितिको बैठक पनि आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुने संसद् सचिवालयले जनाएको छ ।