काठमाडौँ, भदौ १८ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो सवा १ बजे बस्ने भएको हो ।
आजको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयले जनाए अनुसार आजको बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९–८० को चौथो वार्षिक प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

53535