फाइल तस्वीर
काठमाडौँ, भदौ १७ गते । सङ्घीय संसद् अन्तर्गत रहेका दुई संसदीय समितिहरुको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार आज सोमबार कानून, न्याय तथा मानव अधिकार समिति र निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनूगमन तथा मूल्याङ्कन समिति(संयुक्त) को बैठक बस्ने भएको हो ।

आज सोमबार बिहान ११ बजे सिंहरबारमा बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।

यसैगरी दिउँसो ३ बजे बस्ने निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनूगमन तथा मूल्याङ्कन समिति(संयुक्त) को बैठकमा समितिको वार्षिक कार्ययोजनाका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सरकारका मुख्यसचिव र सांसदहरुसँग छलफल हुने समितिले जारी गरेको कार्यसूची उल्लेख गरिएको छ । बैठक समितिकै सभाकक्ष सिंहदरबारमा बस्ने उक्त समितिले जनाएको छ ।