फाइल तस्वीर
काठमाडौँ, भदौ १५ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेसको आज बिहान बसेको बैठक विना निष्कर्ष टुङ्गिएको छ । भोलि आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरेर सहमति जुटाएर पारित गर्न आज शनिबार बसेको बैठकमा सहमति जुट्न नसक्दा निष्कर्षविहिन बनेको हो ।

बैठक भोलि आइतबार दिउँसो १ बजे पुनः बस्नेभएको छ । आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा महामन्त्रीद्वय थापा र शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको नेताहरुले बताएका छन् ।

भोलि आइतबार दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिको बैठक अगाडि नै महामन्त्रीहरुको प्रतिवेदनलाई परिमार्जन गरेर समितिको बैठकबाट पास गर्न शीर्ष नेताहरु छलफलमा सक्रिय छन् ।

महामन्त्रीद्वयले चुनावी तालमेल, महाधिवेशन तालिका, एक्जिट पोलिसीलगायत विषय उल्लेख छ । ‘अब भोलि १ बजे बैठक बसेर टुङ्ग्याउने भन्ने कुरा भयो । विवाद भनेको महाधिवेशन तालिका र गठबन्धनको विषय हो । त्यसमा पनि माओवादीसँगको गठबन्धन टुटिसकेपछि धेरै ठूलो समस्या रहेन’, एक नेताको भनाइ छ ।

गठबन्धन टुटिसकेकाले आगामी निर्वाचनमा काङ्ग्रेस एक्लै लड्ने र बहुमत ल्याउने किसिमले सङ्गठन निर्माणमा जोड दिने काङ्ग्रेसको रणनीति छ । महामन्त्री थापाले आगामी दिनमा हुने कुनै पनि निर्वाचनमा कसैसँग पनि गठबन्धन गर्न नसके कुरा प्रतिवेदन उल्लेख गर्नुभएको थियो । ललितपुरको गोदावरी रिसोर्टमा सम्पन्न महासमितिको बैठकमा महामन्त्री थापाले सोही कुरा प्रतिवेदनमा समावेश गरी गर्नुभएको थियो ।

महामन्त्री थापाले पार्टीको आगामी १५ औँ महाधिवेशनको समय तालिका पनि पार्टीको बैठकमा प्रस्ताव गरिसक्नेभएको छ । सम्भवत यस विषयमा पनि आगामी केन्द्रीय समितिको बैठकमा छलफल गरी निर्णय हुने बताइएको छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गर्नुभएको प्रतिवेदनमा ‘एक्जिट पोलिसी’ सम्बन्धमा पनि संविधानसँग जोडिएको विषय वस्तु भएकाले संविधान संशोधनको बेला यस विषयलाई पनि छलफलमा ल्याउने बारेमा शीर्ष नेताहरुको बैठकमा छलफल चलाइएको छ । यस विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले एक खालको अवधारणा तय गरेर केन्द्रीय समितिको बैठकमा छलफल गरिने बनाइएको छ ।