फाइल तस्वीर
काठमाडौँ, भदौ १५ गते । सत्तारुढ दल नेपाली काङग्रेसको बैठक आज पनि बस्दैछ । पार्टीका शीर्ष नेताहरू सहित पदाधिकारी र पूर्वपधाधिकारी को बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।

बैठक पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति जुटाउन छलफल गरिने र परिमार्जित प्रतिवेदन भोलि आइतबार बस्ने केन्द्रीय समितिको बैठकबाट पास गराउने बताइएको छ ।

यसअघि पनि सभापति देउवाले उपसभापति र महामन्त्रीहरूसँग प्रतिवेदनबारे छलफल गर्नुभएको थियो । महामन्त्रीहरु आफ्नै अडानमा रहेका छन् । यद्यपि, आज सहमति जुट्ने नेताहरुले बताएका छन् ।