फाइल तस्वीर
काठमाडौँ, भदौ १३ गते । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । सचिवालयको बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालमा आज बिहीबार दिउँसो १ बजे बस्ने तय भएको हो ।

हिजो बुधबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले आज बस्ने सचिवालय बैठकमा छलफल हुने विषयहरुको कार्यसूची बनाएको थियो । आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने बताइएको छ ।

सचिवायल बैठकले आगामी २०८४ को निर्वाचनलाई लक्षित गरी पार्टीको तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ । एमालेले केही महिना अघि आगामी निर्वाचनलाई लक्षित गरी मिसन २०८४ अभियान सञ्चालन गरेको थियो । यसैक्रमा एमालेले मिसन–२०८४ का दुई चरणका जनपरिचालनका कार्यक्रम सम्पन्न गरिसकेको छ ।