काठमाडौँ, भदौ ११ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक केहीबेर अघिबाट बानेश्वरमा सुरु भएको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् संसदीय दलका नेता तथा संसदमा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।

त्यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पचि भएको ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने छ ।