फाइल तस्वीर
काठमाडौँ, भदौ ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका तात्कालीन महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । आज मङ्गलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

डा. ढकालमाथि पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै केही समय अगाडि स्पष्टीकरण सोध्दै ३५ दिनभित्र जवाफ दिने गरी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट समेत हटाएको थियो । पार्टी अनुशासन विपरित डा. ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने‚ उपभापति स्वर्णिम वाग्लेलगायत पदाधिकारी तथा केन्द्रीय नेताहरूविरुद्ध विभिन्न लालछ्ना लगाउँदै सार्वजनिक अभिव्यक्ति दिंदै आउनुभएको थियो । महामन्त्री जस्तो जिम्मेवार पदमा रहेर पार्टी र पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिई पार्टीलाईसमेत हानी गरेको निष्कर्ष निकाल्दै ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निक्ष्काशन गरेको छ ।