फाइल तस्वीर
काठमाडौँ, भदौ ११ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीहरुले सांसदका प्रश्नको जबाफ दिनुहुने कार्यसूची रहेको छ । संसद् सचिवालयले जनाए अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको रहेको छ ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छन् ।

संसद्को विशेष समयमा प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, सङ्क्रमणकालीन न्याय र समसामयिक विषयमा धारणा राख्नुहुने बताइएको छ ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची बैठकका लागि तय भएको छ ।

त्यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । सभामुख देवराज घिमिरेले पूर्वसांसद् तथा राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।

jk7kydq5rzs5tpzb