काठमाडौँ, भदौ ९ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा केहीबेर अघिबाट सुरु भएको हो ।

संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।

राष्ट्रियसभा (सोह्रौँ अधिवेशन) बैठक संख्या – ३५, मिति २०८१ साल, भदाै ९ गते

त्यसैगरी आजको राष्ट्रियसभा बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।